"I'm only me. That is all I can be. No more, no less, don't second guess. I love, I live, I laugh, I cry. I've wished sometimes that I could die. Some days I'm funny, others I'm not, sometimes I'm in overdrive and I can't stop. You may not like me, but that's okay because this is me and how I'll stay”

Jul 17, 2015

कल्पना

कल्पना
अचानक बुलेट ट्रेन जस्तै रफ्तारमा,
फनफनि घुम्न थाल्छ,
दूधखाने उमेर देखि दबाई खाने उमेर सम्म,
आफ्नै शरिर भित्र,आफ्नै मस्तिस्कमा,
कल्पना, खै कस्ता कस्ता
रंगहिन , स्बादहीन तर पनी
चौपट्टै मिठा, भर्खरै काडेका मह जस्तै !!


हिजै वनाएकालाई भत्काउदै फेरि नयॉ ठडाउँदै ,
चोर पूलिस को खेल जस्तै,
कहिले बिपना ले जित्छ कहिले सपनाले
कहिले बास्तबिकता ले जित्छ कहिले कल्पनाले !
कल्पना, खै कस्ता कस्ता
आकारहीन, तौलहीन तर पनि,
 चौपट्टै ठूला, भर्खरै गाडेका स्तम्भ जस्तै !!

बिगतका अनुभबलाई गलत समयको संज्ञा दिदै,
फेरि बिस्तारै उँहि छूक-छुके रेल को गति समात्दै,
अर्को नयॉ अध्याय प्रारम्भमा आतूर,
पून बिशाल खुसियाली संसारको कल्पना !
कल्पना, खै कस्ता कस्ता
बिचारहीन, तर्कहीन तर पनि,

चौपट्टै भद्दा, भर्खरै छाडेका मत्तू सॉडे जस्ता !!


Copyright © UPEN

Jun 13, 2015


नेपाली जनता जुटेका बेला

नेपाली जनता जुटेका बेला,
लोकतन्त्रका नारा उठेका बेला,
दरबार का भित्ता फुुुटेका बेला,
सेना ले जनता भुटेका बेला,

युबा जमात रन्केका बेला,
गणतन्त्रका नारा घन्केका बेला,
महलका कुकुर सन्केका बेला,
बन्दुकका संगीन तन्केका बेला,

रिङ्गरोड भित्र पसेका बेला,
झुट्टा आरोपमा फसेका बेला,
अश्रुसेल खसेका बेला,
मुटुमा गोली धसेका बेला,

शोकले मुटु फाटेका बेला,
स्वाभिमान सग मृत्यु साटेका बेला,
दमनले सिमा काटेका बेला,
सामन्तिले रगत चाटेका बेला,

नेपाली –नेपाली लडेका बेला,
निरंकुशता को रुख ठडेका बेला,
मौसुफ मा बिन्ती चढेका बेला,
नेपालीका ईच्छा डडेका बेला,

मैले प्रष्ट देखें नारायणहिटी भित्र
शिरमा श्रीपेच पहिरीएको नेपाली हिटलर...................

उपेन

०६२ र०६३ जनआन्दोलन