कल्पना
अचानक बुलेट ट्रेन
जस्तै रफ्तारमा,
फनफनि घुम्न थाल्छ,
दूधखाने उमेर देखि
दबाई खाने उमेर
सम्म,
आफ्नै शरिर भित्र,आफ्नै मस्तिस्कमा,
कल्पना, खै कस्ता
कस्ता
रंगहिन , स्बादहीन तर
पनी
चौपट्टै मिठा, भर्खरै
काडेका मह जस्तै
!!
हिजै वनाएकालाई
भत्काउदै फेरि नयॉ
ठडाउँदै ,
चोर पूलिस
को खेल जस्तै,
कहिले बिपना ले
जित्छ कहिले सपनाले
कहिले बास्तबिकता ले
जित्छ कहिले कल्पनाले
!
कल्पना, खै कस्ता
कस्ता
आकारहीन, तौलहीन तर
पनि,
चौपट्टै
ठूला, भर्खरै गाडेका
स्तम्भ जस्तै !!
बिगतका अनुभबलाई गलत
समयको संज्ञा दिदै,
फेरि बिस्तारै
उँहि छूक-छुके
रेल को गति
समात्दै,
अर्को नयॉ अध्याय
प्रारम्भमा आतूर,
पून बिशाल
खुसियाली संसारको कल्पना !
कल्पना, खै कस्ता
कस्ता
बिचारहीन, तर्कहीन तर
पनि,
चौपट्टै भद्दा, भर्खरै
छाडेका मत्तू सॉडे जस्ता
!!
Copyright © UPEN
try chai ho k !!
ReplyDelete