"I'm only me. That is all I can be. No more, no less, don't second guess. I love, I live, I laugh, I cry. I've wished sometimes that I could die. Some days I'm funny, others I'm not, sometimes I'm in overdrive and I can't stop. You may not like me, but that's okay because this is me and how I'll stay”

Jun 13, 2016

आधुनीक होली

सुर्य आफ्नो धर्म निभाएर सधैझै आजपनी उदाईदिएका थिए। "ए बिहान पो भै सकेछ, ला सात पो बजेछ" सृष्टिका ऑखा खुले, उनी शरीरमाथिका सिरकलाई खाटका कुना तर्फ पाखा लगाउदै सरिर तान्दै उठीन् । नुहाईधुवाई सकेपछी बिहानको नित्य कर्म सक्दै गर्दा नौ बजीसकेको थियो ! तै पनी आज हतार थिएन, सरकारी छुट्टिभएकाले अफिस जाने चटारो टरेको थियो । आमाको हातको चिया कोठामै आयो, घुटुक्क चियाको दुईचार सर्को ले शरीरमा उर्जा थप्यो । अक्सर रातो र गुलाबी कपडा मन पराउने उनीले हिजो सेतो गन्जी (टि-सर्ट) अर्डर गरेकि थिईन त्यो पनी ईन्टरनेट मार्फत । गन्जीमा ठुला ठुला रंगीन अक्षरमा लेखिएको थियो ह्याप्पी होली ! होली प्रथा सुरूवात कसरी भयो भन्ने बारे अनबिज्ञ भए पनी यो चाड मनाउन उनको राम्रै तयारी थियो । हिजै साथीसंग सल्लाह भएबमोजीम उनी लिजा को घरमा होली खेल्ने निर्धारीत थियो
"मम्मी यो राख्दिनुस् त,भिज्छ"
रातो हेल्मेटलाई डिक्किबाट भिक्दै भनीन् ।
"छिट्टै आएस् है कान्छी" आमा हेल्मेट सात्दै भन्नुभो।
सृष्टि आफ्नो मोबाईलमा फेसबुक मा टाईप गरीन
'हेयर आई कम लिजार्ड'
पोष्ट गर्दा गर्दै रिप्लाई आयो
'ओएलकम माई डियर, वएटिंग यु'


स्कुटरको गतिले ९ मिनेटमा बिश्राम पायो, लिजा बेलुनमा पानी भर्दै थिई।
"लौ, तँ त भिजेर पो आईछस् त?" दँग पर्दै सृष्टिलाई प्रश्न तेर्साई ।
"हेर्न घरकै परको गल्लीबाट लोला ले हिर्कायो"
दिनकै ऑखातर्थो लफंगोले आज मौका पारेरै हान्यो । हल्का मुस्कानसहितको रिस देखाउदै लिजा लाई भन्दै थिईन । लोलाको पानीले उनको गंजी र जिन्सको हाफ-पाईन्ट सम्म भिजाएको थियो ।
"ओई लोला तयार छ,हिड् छतमा"
लिजा लोला को बॉटा समात्दै उकालो लागी, उ पच्छाउदै थिई ।
"खै रातो अबिर को बट्टा खोल त" सृष्टिलाई आदेशात्मक अनुरोध गर्दै थिई सृष्टि ।
"ला पहेलो पनी खोलीदिएको छु, निलो चै आफै खोलहै मलाई मनपर्दैन" अबिरका बट्टाका मुख च्यात्दै लीजाले सुनाई । सृष्टि ले हल्का अबिर को टिका आफै लगाई । अनी दुईचिम्टि रातो अबिर लीजाको गालामा दल्दै भनी "ह्याप्पी होली" ।
लिजा पनी रातो अबिर ले उस्को गालामा धर्का पार्दै भनी "तँलाई पनी हाप्पी होली" ।
सृष्टी पकेटबाट आफ्नो फोन निकाली "ओई लिजर्ड, आईज एउटा सेल्फी लीम" लिजा लाई जिस्काउदै भनी । लिजा दगुर्दै कोठामा पसि अनी कालो चस्माका साथ प्रकट भै । "ला मेरो त डिक्किमै छुट्यो!" दुख मिश्रीत ऑखाका ऑखिभौ तल लेप्रिए, सृष्टिको प्रशन्नता थोरै भंग भयो तै पनी सृष्टी दायॉ हातको पुरै पाखुरी खोलेर अनुहार को अघिल्तिर फोन तेर्साई क्यामरा हुदै दुबैको अनुहार फोनको स्कृनमा प्रतिबिम्बित भयो, सृष्टी दाईने ऑखा आधा बन्द गर्दै ओठलाई देब्रेमोड्दै थिई, निदारमा परेको मुजा ले ऑखिभैको आकार असामान्य देखिदै थियो , हल्का धुमेको गर्धन माथिको चिउडो भने करिब दश डिग्रि आकासिएको थियो । लिजा भने कालो चस्मालाई अलीकती नाकतल झार्दै ऑखिभौ र चस्मा का बिचबाट कर्के हेराई निकाल्दै थिई , ओठ र निधार भने सृष्टिका जस्तै देखिन्थे। फोनले मधुर आबाजमा खिचिक्क गरी आफ्नो धर्म निभायो। मोबाईलको स्कृनमा नयॉ फोटो आयो ।
सृष्टिले उत्सुकता पुर्बक फोटो नियाली, केहि नपुगेझै गरी भनी "लिजे ठिकै छ है न?,तर चस्मा भाको भा अझ दामी देख्थो" लिजा मुस्कुराएरै मौन स्वीकृती जनाई ।
"पख है म आई हालें" भर्यांग ओर्लदा भन्दा करिब दोब्बर छिटो उ माथि पुगिसकेकि थिई । "लु त यो पहेलो रंग गालामा लगाई दे, फेरी रातो बिग्रेला नी हल्का मात्र है" बट्टासमाउदै लिजा लाई आग्रह गरी ।
"फेरी अर्को सेल्फी लिम आईज" सृष्टि अहिले भन् फुर्किदै थिई, फोन भने अहिले लिजा ले पक्डेकी थिई , पुन उहि रित अनुसार ओठ,ऑखा,ऑखिभौ ,निदारले आ-आफ्नो स्थानमा उपस्थिती देखाए फोनले पनी कर्मपुरा गर्यो र फेरी एक नयॉ सेल्फी मोबाईलमा कैद भयो । "हेर त ओ राम्रो आएछ!" यसपाली सृष्टि दंग थिई , "पहेलो र रातो को कम्बिनेसन राम्रो देखियो है?" हर्षका प्रश्न बर्सदै थिए । लिजा भने त्यति सन्तुष्ट देखिईन, तै पनी मोबाईल सृष्टिको थियो त्यसैले फोटोले सामाजीक संजालको यात्रा तयगर्ने पक्का भो । "मलाई ट्याग नगर ल, अल्ली मोटी आ छ के" ठुस्किदै लिजा ले भनी । "ह्या लिजर्ड,म कर्प गर्देर हाल्छुनी" अनुरोधात्मक जानकारी पछी लिजा केहि खुसी देखिई । सृष्टि छतमा रहेको टुलमा शरिर राख्दै फोटोलाई बिभिन्न एप मार्फत अझै सुन्दर पार्नका लागी समय खर्चदै थिई, अनी फेसबुकमा टाईप गरी -
'फिलींग असम वुईथ लिजा , प्लेईंग होली,ह्याप्पी होली टु यु अल! प्ले सेफ, ईन्ज्बाई !!'
पोस्ट बटन थिचे पछी सृष्टिमा खुसिको संचार भयो ।


"ल लोला ले अब बाटो मा हानम"
लिजाले बाटामा रहेको लोला निकाले र छतको डिलमा राखि, पहिलो लोला एउटा रातो पल्सर सबार लाई लाग्यो जो दुई जनाको बिचमा आफ्नो सरिरलाई एडजस्ट गर्दै थियो, मुखमा कालो र सिल्भरकलर पोतेको ख्याउटे केटो जब लोला आएको छत देख्यो चर्को सोरले "ह्याप्पी होली" भन्दै चिच्यायो मानौ लोला प्रहारले उसको सरीरलाई छुदै छोएन । यत्तिकैमा मोबाईलमा टुईक्क आबाज बज्यो
"ए कमेन्ट आएछ लिजे, आईज त" लिजा जगुर्दै आई, लेखिएको थियो "वोथ लुकिंग बिउटिफुल, ह्याप्पी होली" अब चै बिस्तारै होली ह्याप्पी हुदै थियो । जती जती लाईक बढ्दै जान्थ्यो त्यति-त्यतिनै होली ह्याप्पी हुदै थियो । "ह्या तल जाम,मलाई भोकलाग्यो" लिजा लाडीन लागी,दोस्रो लोला नफालीकनै दुबै जना बॉकी लोला पल्लो घरको छतमा होली खेल्दै गरेका बस्नेत काका लाई दिदै तल झरे । दुबै नुहाई धुबाई गरे सृष्टिले डिक्किमा लिएर आएको हरीयो टिसर्ट-पाईन्ट लगाई अनी लिजा ले कुर्ता । दुबै तल कोठामा झरेपनी उनीहरूको होली सकिएको थिएन अबको होली मोबाईल भित्र चल्दै थियो । लिजा पनी आफ्नो आईफोनमा बाई-फाई जोड्न लागी । "खै त तेरो कमेन्ट?" लिजा तर्फ फर्कदै सृष्टि सोध्दै थिई । त्यतिबेलासम्म पच्चिस कमेन्ट र तिनसय त्रियानब्बे लाईक आईसकेका थिए । अधिकांस कमेटमा लुकिंग विउटीफुल, सुईट, चार्मिंग, लभ्ली जस्ता शब्दहरू नै हुने गर्थे र त्यस्ता कमेन्ट गर्नेहरू मुख्यतय केटा साथिहरूको नै थियो । दुबैलाई कमेन्ट रिप्लाईमा भ्याई नभ्याई भै सकेको थियो, मानौ उनीहरू को मोबाईलमा म्यासेज गर्ने मेसेन्जरनै छैन । यो कमेन्टपनी लतनै रैछ सायद, संगै खाटमा रहेको साथिको फोटोमा लिजाले पनी थपीदिई
'माई वेवी लुकिंग हट देन मी अनी साथमा थपी '
सृष्टिले रिप्लाई गर्न भ्याई सकेकी थिई
'ईट्स योर काईन्डनेस डिएर'
कोठामा पछील्लो एक घण्टा देखि सन्नाटा थियो । संगै एउटै खाटमा रहेका बेस्ट फ्रेन्ड दुबै मोबाईलमै लागीपरेका थिए।
"खै त लिजार्ड भोक लाग्यो भनेके होईन?"
सन्नाटा चिर्दै सृष्टिले भनी !
ए हो है, "ल म ल्याई हालें हैत बिस्कुट"
फेरी सृस्टिको फेसबुकमाको न्युजफिडमा लिजा को नयॉ स्टाटस आयो
"फिलिंग हंग्री"
पोस्ट गर्न नपॉउदै कमेन्ट लाईक झरीसकेका थिए मानौ उनीहरु लिजाको पेट भर्न तछाड मछाड गर्दै छन् ।
दुईटुक्रा बिस्कुट र हट लेमन ले पेटलाई जिस्काएपछी फेरी दुबै आफ्नो नित्यकर्ममा लागीरहे । दर्जनौ च्याट कम कमेन्ट र केहि लाईक बटन थिचिसक्दा सुर्य बिस्तारै ओरालो लाग्दै चन्द्रमालाई निम्त्याउदै थिए ।


"ला छ बजी सकेछ"
झसंग हुदै सृष्टिले हातको घडीले समय पुनः निश्चित गरी "ल म जान्छु, ममी ले छिट्टै बोलॉउनुभा छ"
पुन: स्कुटर ले बोकेर उनलाई घर पुर्यायो, आमा र बुबा घरमै छिमेकी हरू संग अबिर लगाउदै अझै होली खेल्दै हुनुहुन्थ्यो, रातो, पहेलो,निलो, हरीयो र अनेक रंग ले पुरै सप्तरंगी देखिनुभएको थियो ।
"सृष्टि,आयौ ! छोरी कस्तो भयो होली?"
आमा होली खेल्न छोडेर एक छिन् पार्किंग नजीकै आउनु भो।
"ए, होली! फेन्टास्टिक भयो! जे होस् रमाईलो भयो"
खुसि साथ उनी सुनाउदै थिईन् ।
"अनी यो के हालत बनाको ममी? भो छाड्नुस् अब भित्र आउनुस् " केहि हॉसो मिश्रीत अनुरोध गर्दै आफ्नो कोठामा छिरिन् । बुबा नुहाउन पस्नुभो तर आमा भने अझै होलीमै रमाईलो गर्दै हुनुहुन्थ्यो ।
"सुनीस् कान्छी, तेरो ड्याडी आज दिउसो गित गाउने, म नाच्ने! रंग लगाउदै नाच्दै"
बाबा तिर हेर्दै आमा खुसिका नजर साटा-साट गर्दै हुनुन्थ्यो।
"जे होस्, रमाईलो भो आज, है सृष्टिको आमा?"
बुबा पनी प्रशन्नमुद्रामा सुनाउदै हुनुन्थ्यो ।


"अनी नानु! कस्तो भो होली लीजाको घरमा? रमाईलो भो?"
बाबा ले थप्नु भो ।
मोबाईलमा अर्को कमेन्टको रिप्लाई फर्काउदै उनले भनिन् "फेनटास्टिक भो ड्याडी" ।
यति भन्दै गर्दा उनको प्रोफाईलमा पैतालीस् कमेन्ट भै सकेका थिए र आजका लागी उनले अन्तिम कमेन्ट पोस्ट गरीन्
"थ्यांक्यू अल फर योर कमेन्ट एण्ड फर मेकिग माई होली स्पेसल, गुडनाईट"
...................................................................................................
-उपेन्द्र पौडेल 
(पढेर प्रतिक्रिया जनाईदिनु भए, सुधारको मौका मिल्ने छ)
..................................................

Copyright © UPEN

2 comments: